१७ लाख युरोमा बिक्यो नेपोलियनको पेस्तोल

पेरिस : फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको दुई ओटा पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री भएका छन् । ती पेस्तोल पेरिसको बन्दुक निर्माता कम्पनी लुइँ–मारिन गोसेटले बनाएको थियो । पेस्तोल लिलामीमा १२ लाखदेखि १५ लाख युरोमा बिक्ने अनुमान गरिएको थियो । तर यसले १६ लाख ९० हजार युरो पायो ।

पेस्तोल ओसेनट लिलामी घरमा आइतबार बिक्री भएको हो । फ्रान्सको संस्कृति मन्त्रालयले हालै यी वस्तुहरूलाई राष्ट्रिय सम्पत्तिको रूपमा वर्गीकरण गर्दै यिनीहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि पेस्तोल लिलाम बिक्री भएका छन् ।

पेस्तोलको नयाँ मालिकको नाम खुलाइएको छैन । फ्रान्स सरकारसँग नयाँ मालिकसँग पेस्तोल किन्न अब ३० महिनाको समय छ । यसको अर्थ पेस्तोललाई अस्थायी रूपमा मात्रै फ्रान्सबाट बाहिर लैजान सकिनेछ ।

विदेशी शक्तिसामु आफ्नो सेनाले हार बेहोरेपछि सत्ता गुमाएका बोनापार्टले सन् १८२४ को अप्रिल २ को रात यी दुई पेस्तोललाई आत्महत्या गर्न प्रयोग गरेका थिए तर सेनाका एक अधिकारीले बारुद झिकिदिएकोले पेस्तोल पड्किएन । अनि आत्महत्या गर्न उनले विष खानुपर्‍यो । पेस्तोलसँगै यसलाई राख्न प्रयोग गरिएको मौलिक बक्सालगायतका सामान पनि लिलामीमा बेचिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार