जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध, खुलाउने प्रयास जारी

बैतडी : लगातारको बर्षाका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ । उक्त राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ साँडीघाटीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

आइतबार राति सडकमाथिबाट ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको र सवारी साधन बीचबाटोमै रोकिएका प्रहरीले जनाएको छ । 

Dengue

सडक खुलाउने प्रयास जारी रहेको भएपनि लगातारको बर्षाका कारण समस्या भइरहेको छ । यसअघि आइतबार दिउँसो बैतडीको झौलेकमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । झौलेकको पहिरो साँझ ५ बजे पन्छ्याएपछि केहीबेर सडक सुचारु भएपनि फेरि अवरुद्ध बनेको छ । 

बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । सडक खुलाउने प्रयास जारी रहेको भएपनि बर्षाका कारण समस्या भएको उनले बताए । 

सडक सुचारु गर्नका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले खोड्पेमा जेसीबी स्टेण्डबाइ राखेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार