आलितालमा पहिरो खस्दा बुडर–जोगबुढा सडक अवरुद्ध

धनगढी : डडेल्धुरा आलिताल गाउँपालिका – ८ सुनखोलामा पहिरो खस्दा बुडर– जोगबुढा भित्र सडक अवरुद्ध भएको छ । लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीले डडेल्धुरा – डोटी जोड्ने केआई सिह राजमार्ग सुचारु भएको जनाएको छ । गन्यापधुरा गाउँपालिका २ रडुवामा पहिरो खस्दा सो सडक अवरुद्ध भएको थियो । अहिले सडक एकतर्फी सुचारु भएको प्रहरीको भनाइ छ ।

पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुरा–बैतडी सडक पनि सुचारु भइसकेका छ । डडेल्धुराको अमरगढी नगरपालिका – ६ को भालुमारेमा पहिरो खस्दा सो सडक अवरुद्ध भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार