धनगढीको सिपीमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन

धनगढी : धनगढीको सिपी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । पछिल्लो समय धनगढीमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

रगत अभाब कै कारण बिरामीले ज्यान गुमाउन नपरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरीएको अस्पताल प्रशासन प्रमुख हेम जोशीले बताए ।

Dengue

रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, लगायत अन्य व्यक्तिहरुले समेत रक्तदान गरेको अस्पताल प्रसाशनले जनाएको छ ।

सिपी अस्पतालमा स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, युरो सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक, गाईने, रेडियोलोजी र फिजियोथेरापी सेवाहरु दैनिक संचालनमा रहेका छन् । 

अस्पतालले सुदूरपश्चिम प्रदेशका विभिन्न दुर्गम ठाउँमा स्वास्थ्य शिविर,रक्तदान कार्यक्रम ,गरिब, दुखिलाई सहयोग गरि सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार