सेती नदीमा पानीको बहाव बढ्यो, बैतडीको ढुंगाडका केही घरपरिवार विद्यालयमा सरे 

बैतडी : सेती नदीमा पानीको बहाव बढेपछि बाढीको जोखिम बढेको छ । लगातारको बर्षाले नदीमा बहाव बढ्दै गएपछि बैतडीको सिगास गाउँपालिका ५ ढुंगाडका केही घरपरिवार विद्यालयमा सरेका छन् । 

Dengue

नदीमा पानीको बहाव बढेपछि सेती नदी किनारका बासिन्दा स्थानीय शारदा माविमा सरेका शिक्षक इन्द्रबहादुर चन्दले बताए । सेती नदी किनारमा करीब ६० घरपरिवार बसोबास गर्दै आएकोमा १० भन्दा बढी परिवार घर छोडेर विद्यालयमा आश्रय लिन आएका उनले बताए । 

रातिको समयमा नदीमा बाढी आउन सक्ने भएकाले उनीहरु पशुचौपायासहित विद्यालयमा आश्रय लिएर बसेका शिक्षक चन्दले बताए । केही परिवार अझै विद्यालयमा आउने तयारीमा रहेका उनले बताए । उनले भने ‘लगातारको बर्षाले सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयबासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि पानी आइपुगेको छ । स्थानीयहरु अहिले विद्यालयमा बसीरहेका छन् ।’

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका वडा नं ५ का हरडाखानी, लाम्बगड, लोडे लगायतका बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्तीहरु पनि बाढीको जोखिममा परेका बताइएको छ । 

वडा नं ५ को ढुंगाड अन्तर्गत सेती किनारका बासिन्दाहरु अहिले विद्यालयमा सरीसकेका वडा नं ५ का वडा सचिव उद्धवबहादुर महराले बताए । लगातार बर्षा भइरहेकाले सुरक्षित स्थानको खोजी गर्दै स्थानीयहरु विद्यालयमा पुगेका हुन् । 

शनिबार साँझ ५ बजेदेखि स्थानीयहरु विद्यालयमा सर्न थालेका र केही परिवार अहिले पनि विद्यालयमा पुग्ने क्रम जारी रहेको शिक्षक चन्दले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार