कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ

धनगढी : कञ्चनपुरबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइन सहित भीमदत्त नगरपालिका – ४ बसपार्कबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका – ३ घर भई हाल भीमदत्त नगरपालिका – ४ बसपार्क स्थित कोठा गरि बस्ने बर्ष २८ को सुजल खड्का र उनकै कोठामा बसिरहेका भीमदत्त नगरपालिका–६ का २९ वर्षीय गणेश बिक, भीमदत्त नगरपालिका – १५ का २७ वर्षीय प्रकाश भण्डारी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dengue

प्रहरीले शंकास्पद रुपमा बसिरहेको अबस्थामा खान तलासी गर्दा प्रकाश भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जनाएको छ ।

लागूऔषध सहित तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार