बझाङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ : लगातारको वर्षाले बझाङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शनिवार बिहान राजमार्ग अन्तर्गत तमैलमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा आवत जावत ठप्प भएको छ । अहिले पहिरो हटाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । पहिरो खसेको ठाउँमा नेपाली प्रहरी, शसस्त्र प्रहरीको टोली पनि खटिएको छ । जिल्लामा भारी वर्षा भइरहेकाले अहिले पहिरो पन्छाउने काममा पनि अवरोध भइरहेको छ ।

Dengue

हरेक वर्ष वर्खायामा यो सडक पहिरोका कारण क्षति हुने गरेको छ । दुई दिन यता पानी परिरहेका कारण अलिहेसम्म तीन पटक सडक अवरुद्ध भइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार