३ दिन मनसुन अझै सक्रिय हुने, सुदूरपश्चिमका ७ जिल्ला उच्च जोखिममा

धनगढी : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

Dengue

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिमसहित कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावमा रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आजबाट तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आह्वान गरेको छ । चार प्रदेशका ३० जिल्ला उच्च जोखिममा रहेको जनाउँदै विभागले ती जिल्लाहरुलाई ‘रेड जोन’मा राखेको छ ।

विभागले सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ३० जिल्ला उच्च जोखिममा रहेको जनाएको हो । जसअनुसार सुदूरपश्चिमका ७ जिल्ला ‘रेड जोन’मा छन् । डडेल्धुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा ‘रेड जोन’मा रहेका हुन् ।

त्यसैगरी गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व र कर्णालीका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्ला ‘रेड जोन’मा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार