धनगढी : कैलालीको गोदावरी नगरपालिका – ४ बास्कोटामा रातीको समयमा कमसल काम गर्ने ठेकेदार लखेटिएका छन । स्थानीयले निर्माणाधिन कल्भर्टमा रातीको समयमा आएर कमसल काम गरेको भन्दै ठेकेदारलाई लेखेटेका हुन ।
उक्त कल्भर्टको निर्माणका लागि गोदावरी नगरपालिकाले काफली कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदारले रातीका समयमा कमसल काम गरेको थाहा पाएपछि आफूहरुले नगरपालिका सँग समन्वय गरेर काम रोक्न लगाएको स्थानीय गोबिन्द राज जोशीले बताए । उनले निर्माण सामग्रीको गुणस्तर जाँच नहुँदा सम्म काम अगाडि बढ्न नदिइने बताए ।
प्रतिक्रिया दिनुहोस्