धनगढी : बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका २२ वर्षीय गोविन्द बोहरा काठमाडौँमा मृत फेला परेका छन् । यही असार १५ गते साथीसँग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन् ।
प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको छ । स्थानीय निराजन बोहराले शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको बताए ।
बोहरा मृत फेला परेपछि उनको हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतक बोहरा पछिल्लो ७ महिनायता काठमाडौँमा बसेर कोरियन भाषा सिक्दै आएका थिए । काठमाडौँ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्