बैतडीका सामुदायिक वनमा रोपियो दस हजार बिरुवा

बैतडी : खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि दुई वटा सामुदायिक वनमा पानी सञ्चित गर्ने प्रजातिका १० हजार बोटबिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालयको वन विकास कार्यक्रम अन्तर्गत सिगास गाउँपालिकाको शेला सामुदायिक वनमा बाँज, काफल, चाँप, बाँस, टिमुर, तेजपत्तालगायका पाँच हजार बोट रोपिएका छन् । 

मेलौली नगरपालिका–९, विशालुरको असुर मौजा सामुदायिक वनले आफ्नै लगानीमा काफलका पाँच हजार बोट रोपेको छ । सिगासको शेला सामुदायिक वनमा डिभिजन वन कार्यालयले वृक्षरोपणका लागि पाँच लाख ८६ हजार रुपियाँ खर्च गरेको वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले बताए । वन कार्यालयबाट वृक्षरोपणका लागि योजना स्वीकृत भएपछि स्थानीयको अगुवाइमा पाँच हजार बिरुवा रोपिएको शेला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष परमानन्द भट्टले बताए ।  

Dengue

मेलौलीमा भने प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा कार्यालयको तीन लाख रुपियाँमा ओखर, काफललगायत बिरुवा रोपिएको वडाध्यक्ष लोकराज भट्टले बताए । खोटे सल्लाका कारण पानीका मुहान सुकेपछि काफल रोपिएको उनले बताए । पानी सञ्चित गर्ने बिरुवा रोप्न सामुदायिक वनका पदाधिकारी र स्थानीयले वनमा खाडल तयार पारेको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताए । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष नयाँ प्रजातिका पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको छ । 

सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुकेको पाइएको छ । खोटेसल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पका रूपमा अन्य बिरुवा रोपिएको वन कार्यालयले जनाएको छ । यस जिल्लामा तीन प्रकारका सल्लाको प्रजाति रहेको छ । लौठसल्ला, द्वारसल्ला र खोटेसल्ला । यीमध्ये खोटेसल्लाको वन क्षेत्र बढी छ । खोटेसल्लाले पानी सञ्चित गर्न सक्दैन । त्यस कारण अन्य प्रजातिका बिरुवा रोप्नु परेको वन कार्यालयले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार