धनगढीमा भारीबर्षा, नदीहरुको वहाव बढ्यो !(फोटो फिचर)

धनगढी : कैलालीमा भारी वर्षाका कारण विभिन्न स्थानहरु प्रभावित भएका छन्। मंगलबार परेको भारी वर्षाका कारण जिल्लाको कान्द्रा नदि क्षेत्र आसपासका घरपरिवारहरु प्रभावित भएका हुन्।

बाढीका कारण कैलारी गाउँपालिका वडा नम्बर ७, घोडाघोडी नगरपालिका वडा नम्बर १० क्षेत्रका घरपरिवार प्रभावित भएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिलेको वर्षाले धेरै प्रभावित नभएको बताए। उनले भने –‘केही क्षेत्रमा पानि जमेको छ। त्यति प्रभावित भने गरेको छैन।’

SHIKHAR COOL TECH

उनले कैलारी, धनगढी, घोडाघोडी लगायत क्षेत्रमा पानी जमेको गुनासो आइरहेको बताए। वर्षाका कारण एक जना नदिमा बगेर वेपत्ता भएको उनको भनाइ छ।

समाचार तयार गर्दासम्म कान्द्रा नदिको सतह चार दशमलब पाँच मिलिलिटर पुगेको छ। सो क्षेत्रमा उच्च सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यता, सामान्य वर्षाका कारण धनगढीको मुख्य सडक हिलाम्मे बनेको छ। निर्माणाधिन मुख्य सडकका केही ठाउँमा पानी जमेको छ भने मानिसलाई हिड्न समेत समस्या भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार