बेरिल चक्रवातका कारण एक जनाको मृत्यु

एजेन्सी : बेरिल चक्रवातले क्यारेबियन क्षेत्रका कयौँ देशहरूमा विध्वंस मच्चाइरहँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । हजारौँ मानिसहरू बिजुली बत्ती बिना अस्थायी शिविरमा बस्न बाध्य भएका छन् । 

चक्रवात यतिबेला पाँचौँ श्रेणीमा रहेको र पश्चिममा जमाइकातिर गइरहेको बताइएको छ । हप्ताको अन्त्यसम्ममा चक्रबात दक्षिण पूर्वी मेक्सिकोमा पुग्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिरहरूमा घरहरूका छाना उडेको देखिएको छ । ​​​​​​​

Dengue

चक्रवातको केन्द्रमा प्रतिघण्टा १५० माइलका दरले हुरी अगाडि बढिरहेको बताइएको छ । सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्सका साथसाथै ग्रेनडा पनि क्षतिको उच्च जोखिममा रहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार