युरोकपमा आजराति अस्ट्रिया र टर्की भिड्दै

काठमाडौँ : युरोकपमा आजराति अस्ट्रिया र टर्की भिड्दै यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि सुरु हुँदै छ ।

अस्ट्रिया समूह डी मा समूह विजेता हुँदै नक आउट चरणमा पुगेको हो । अस्ट्रियाले ३ खेलमा दुई खेल जित र एक हारसहित ६ अंक बटुलेर शीर्ष स्थानमा रहेको थियो । अस्ट्रिया पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्याण्डसलाई ३-२ ले पराजित गरेको थियो ।

त्यस्तै टर्की समूह एफमा दोस्रो हुँदै नक आउट चरणमा पुगेको छ । टर्कीले ३ खेलमा २ जित र एक हार बेहोरेको थियो ।

टर्कीले पहिलो खेलमा जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमामा पोर्चुगलसँग ३-० ले पराजित भएको थियो भने तेस्रो खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

टर्की र अस्ट्रियाबिच अहिलेसम्म कुल १७ खेल भएको छ । जसमा टर्कीले ७ खेल जितेको छ भने अस्ट्रियाले ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेल बराबरी भएको छ ।

युरोकपमा टर्की अहिलेसम्म छैटौँ पटक खेल्दै छ भने अहिलेसम्मको उत्कृष्ट प्रदर्शन २००८ मा सेमिफाइनलमा पुगेको थियो । त्यस्तै अस्ट्रिया अहिलेसम्म चौथो पटक युरोकप खेल्दै छ भने दोस्रो पटक नक आउट चरणमा पुगेको छ । यस अघि २०२० को युरोकपमा अस्ट्रिया नक आउट चरणबाट बाहिरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार