मर्यादित महिनावारी सम्बन्धी अन्तर्राष्टिय तालिम श्रीलंकामा सुरु

कोलोम्बो : मर्यादित महीनावारी सम्बन्धी अन्तर्राष्टिय तालिम श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ । कोलोम्बो प्लानको सहकार्यमा दक्षिण गोलार्धीय मर्यादित महिनावारी संजाल (साउथ एशिया कोलेसन)ले पाँच दिनको प्रशिक्षक प्रशिक्षण तालिम सोमबमार श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको हो । महिनावारी विभेदलाई अन्त्यगरि महिनावारी मर्यादित बनाउने विषयमा केन्द्रित तालिमको नेतृत्व नेपालले गरेको छ ।

संजालका प्रमुख तथा अभियन्ता डाक्टर राधा पौडेलको नेतृत्वमा सुरु भएको तालिममा १४ देशका २६ जनाको सहभागिता रहेको छ । तालिममा नेपाल, भारत, अमेरिका, दक्षिण कोरिया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्याण्डस लगायतका देशको सहभागिता रहेको छ ।

Dengue

पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको कोलोम्बो प्लानले पहिलो पटक मर्यादित महिनावारीको सहकार्य गरेको छ । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेका छन् । संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।

तालिममा नेपालसहित विश्वभरी रहेको महिनावारी विभेदलाई थप उत्खनन गरेर महिनावारीलाई मर्यादित बनाउने विषयमा छलफल गरिने संयोजन अभियानता पौडेलले बताइन ।

‘मर्यादित महिनावारी सबै क्षेत्रमा सबैले काम गर्नुपर्ने विषय हो’ पौडेलले भनिन् ‘यो तालिममा पनि सरकारी, सयुक्त राष्ट्रसंघीय कार्यक्रम, गैरसरकारी संघ सस्था, निजीक्षेत्र, सञ्चार माध्यम सबै क्षेत्रको सहभागिता रहेको छ ।’ तालिमका क्रममा अन्तर्राष्टि तालिम प्रशिक्षक प्रशिक्षण पुस्तिका समेत विमोचन हुनेछ । तालिम असार २१ (जुलाई ५ तारिक) सम्म चल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार