दीपेन्द्र र सन्दीपको टोलीको कप्तानमा रिजवान तय

काठमाडौं : क्यानडामा आयोजना हुने चौथो संस्करणको ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध वैंकूवर नाइट्सले कप्तानका रुपमा पाकिस्तानका क्रिकेटर मोहम्मद रिजवानलाई चयन गरेको छ ।

टोलीले रिजवानलाई कप्तानका रुपमा चयन गरेको सामाजिक संजालमार्फत जनाएको छ । टोलीमा पाकिस्तानका कप्तान बाबर अजाम रहेपनि रिजवानलाई कप्तानीको जिम्मेवारी दिईएको छ ।

Dengue

वैंकूवर नाइट्समा मोहम्मद आमिर, आसिफ खान, रुबेन ट्रम्पलम्यान लगायतका खेलाडी आबद्ध रहेका छन् ।

लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल टोरन्टो नेशनलमा अनुबन्ध भएका छन् । लिग २५ जुलाईबाट सुरु हुनेछ । वैंकूवर नाइट्सको पहिलो खेल २५ जुलाइमा टोरन्टो नेशनलसँग रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार