जंगलमा घाँटी रेटिएको अवस्थामा भेटिएका ओभरसियरको मृत्यु

काठमाडौं : डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियरको मृत्यु भएको छ । शनिबार डडेलधुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्वरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् ।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ । डम्बर शुक्रबार बेलुकादेखि हराएका उनी खोजतलासका क्रममा शनिबार फेला परेका हुन् ।

Dengue

उपचारका लागि उनलाई डडेलधुरा अस्पतालले धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा ओभरसियर भट्टको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए । सब ओभरसियर रहेका उनी निर्माण व्यवसायी समेत हुन् ।

निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए । आर्थिक अवस्था नाजुक हुँदै गए पछि उनी केही तनावमा रहेको कुरा खुल्न आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार