टी २० विश्वकप विजेताले कति पाउँछ पुरस्कार रकम ?

काठमाडौं : आईसीसी टी २० विश्वकपमा आज भारत र दक्षिण अफ्रिकाबीच उपाधिका लागि भिड्दै छ ।

विजेता टोलीले उपाधिका लागि अहिलेसम्मकै सबैभन्दा धेरै रकम हात पार्ने आईसीसीले जनाएको छ ।

Dengue

यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ । अर्थात विजेताले ३२ करोड ६० लाख रुपैयाँ पाउने छ ।उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ । अर्थात उपविजेता टोलीले १७ करोड रुपैयाँ पाउने छ ।

आईसीसीले प्रतियोगितामा जित निकाल्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार एक खेलमा जित निकाल्ने टोलीहरूले थप ४१ लाख रुपैयाँ पाउने छ ।

यो हिसाबले अपराजित यात्रामा रहेको भारतले सात खेलमा जित निकालेसँगै दुई करोड ९० लाख रुपैयाँ थप पाउने छ भने आठ खेलमा जित निकालेको दक्षिण अफ्रिकाले तीन करोड ३१ लाख रुपैयाँ पाउने छ । फाइनलमा जित निकाल्ने टोलीले थप रकम पाउने छ ।

आईसीसीले विश्वकपको यस संस्करणका लागि मात्रै ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार