आईसीसी टी-२० विश्वकप : आज भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त

एजेन्सी : आईसीसी टी-२० विश्वकप क्रिकेटमा शनिवार उपाधि भिडन्त हुँदैछ। अहिलेसम्म एक खेल पनि नहारेको भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त हुन लागेको हो। 

वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार  बेलुकी सवा ८ बजे हुने फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । 

Dengue

सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो । 

सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार