इप्रका मालाखेतीद्धारा १८१ ग्राम खैरो हेरोइन र ५३ किलो चरेस बरामद

अत्तरिया : कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीले १८१ ग्राम खैरो हेरोइन र ५३ किलो चरेस बरामद गरेको छ । कार्यालयले तीन आर्थिक वर्षको हाल सम्मको अवधिमा उक्त परिणाममा लागूऔषध बरामद गरेको हो । कार्यालयका प्रमुख डिएसपी गंंगा बहादुर थापाका अनुसार तीन आर्थिक वर्षमा १ हजार ४७८ वटा लागूऔषध ट्याब्लेट पनि बरामद भएका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो समय लागूऔषध सहित पक्राउ पर्ने र बरामद हुने लागूऔषधको मात्रा पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा लागूऔषध सहित ४० जना पक्राउ गरेकोमा चालू आर्थिक वर्षको हालसम्म ९६ जना पक्राउ परिसकेका छन् । आर्थिक वर्ष २०७९/०८० मा लागूऔषध सहित ८३ जना पक्राउ परेका थिए । तीन आर्थिक वर्षमा पक्राउ पर्नेमा २०६ जना पुरुष रहेका छन् भने १३ जना महिला छन् ।

Dengue

प्रहरीले पक्राउ परेकाहरूको साथबाट आर्थिक वर्ष २०७८/०७९ मा ६१ ग्राम ३५८ मिलिग्राम खैरो हेरोइन, साढे २२ किलोग्राम चरेस र १ हजार ३१५ ट्याब्लेट बरामद गरेको छ । तस्तै आर्थिक वर्ष २०७९/०८० मा ५३ ग्राम २५० मिलिग्राम खैरो हेरोइन, १७.२०० किलोग्राम चरेस र १६३ ट्याब्लेट बरामद गरिएका छन् ।

चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म प्रहरीले ७० ग्राम ७६३ मिलिग्राम खैरो हेरोइन, १३.३१७ किलोग्राम चरेर बरामद गरेको इप्रका मालाखेतीका डिएसपी थापाले बताए । इप्रका मालोखेतीबाट तीन आर्थिक वर्षमा १४९ लागूऔषधका मुद्दा दर्ता भएका छन् । जसमा आर्थिक वर्ष २०७८/०७९ मा ३१, आर्थिक वर्ष २०७९/८० मा ५४ र चालू आर्थिक वर्षको हालसम्म ५८ मुद्दा दर्ता भएका छन् ।

डिएसपी थापाले लागूऔषध नियन्त्रणका लागि प्रहरीले पक्राउ गर्ने मात्रै नभएर सचेतनाका कार्यक्रम पनि गर्दै आएको बताए । उनले सचेतनाका कार्यक्रम गर्दा पनि लागूऔषध सहित पक्राउ पर्नेको सङ्ख्या भने बढिरहेको बताए । लागूऔषधको जोखिममा बालबालिका बढी रहेको उनले बताए । उनले साथीको दबाब, मनोरञ्जनका लागि, उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारीक समस्या, डिप्रेसन र पढाइमा समस्या हुने जस्ता कारणले बालबालिका तथा युवा लागूऔषधको दुव्र्यसनिमा फस्ने गरेको बताए ।

सचेतनामै जोड

प्रदेश सभा सदस्य तुलसी देवकोटाले लागूपदार्थको प्रयोग कारोबार बढेकोले यसको नियन्त्रणका लागि जनचेतका कार्यक्रममा जोड दिनुपर्ने बताइन् । उनले बालबालिका यसको बढी जोखिममा रहेकाले बालबालिकालाई विद्यालयबाटै लागू औषध विरुद्धको सचेतना दिनुपर्ने बताइन् । उनले लागूओषध विरुद्धको अभियान एक दिन मात्रै नभएर नियमित सञ्चालन हुनुपर्ने बताइन् ।

‘लागू औषधको नियन्त्रणको लागि प्रहरी प्रशासनले काम गरेर मात्रै सम्भव हुँदैन’ उनले भनिन् ‘यसका लागि समाजमा बसैले अभियानमा जोडिनु पर्छ । यसको न्यूनीकरण गर्नु सबैको दायित्व हो ।’ उनले यस्ता काम एक जनाले मात्रै गरेर सम्भव नहुले भएकाले सबैको सहकार्य र हातेमालो हुन आवश्यक रहेको बताइन् । उनले लागू औषधबाट मुक्त भएकाहरूलाई जीविकोपार्जनमा जोड्नका लागि प्रदेश सरकारको नीति कार्यक्रम ल्याएको बताइन् ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले पनि लागूऔषध नियन्त्रणका लागि सचेतनाकै कार्यक्रममा जोड दिए । उनले सचेतनाका कार्यक्रम प्रत्येक विद्यालय, कलेजमा सञ्चालन गरिनुपर्ने बताए ।

उग्रतारा सुधार केन्द्रका सञ्चालक विमल भट्टले सुधार केन्द्रबाट हालसम्म १५ सय भन्दा बढी लागू औषध दुव्र्यसनिमा फसेकालाई समाजमा पुनर्स्थापना गरिएको बताउँदै बालबालिका नै बढी जसो लागू औषधको दुर्व्यसनीमा फस्ने जोखिम हुने भएकाले यसबाट जोगाउन सबै सचेत हुन आवश्यक रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार