कैलालीमा चट्याङ लागेर डंगौराको मृत्यु, चार जना घाइते

धनगढी : कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको ज्यान गएको छ ।

बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वती मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।

Dengue

त्यस्तै जिल्लाको भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । उनको दाहिने हातमा चट्याङ लाग्दा जलेको छ । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ । यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिका एक बालिकाका चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए । उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार