कैलालीमा लागूऔषधसहित डडेल्धुराका २ जना पक्राउ

धनगढीः  कैलालीमा लागूऔषधसहित डडेल्धुराका २ जना पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका–६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका–२ कुस्माली बस्ने २१ वर्षीय ललित ऐर र १६ वर्षीय किशोर सोमवार पक्राउ परेका हुन्

इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललित ऐरको साथबाट १५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)बरामद गरि दुवै जनालाई पक्राउ गरिएको हो। उनीहरु सवार १ थान मोटरसाईकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार