समूह विजेता बन्दै दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी : दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार सुपर आठको अन्तिम खेलमा वेस्ट इण्डिजलाई डकवर्थ लुइस मेथडमा पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको हो।

वेस्ट इण्डिजविरूद्ध जितका लागि १३६ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गर्ने क्रममा पानी परेर खेल केहीबेर रोकिएको थियो। पछि तीन ओभर घटाएर नयाँ लक्ष्य १२३ रन कायम गरी खेल सुरू गरिएको थियो। उक्त लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।

Dengue

त्यस क्रममा ट्रिस्टन स्टब्सले २७ बलमा २९ रन बनाए।

हेनरिच क्लासेनले १० बलमा २२ रन, मार्को जनसेनले २१ रन बनाए। बलिङतर्फ वेस्ट इण्डिजका रोस्टन चेसले तोन विकेट तथा आन्द्रे रसेल र अल्जारी जोसेफले २/२ विकेट लिए।

पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ८ विकेट गुमाएर १२४ रन बनाएको थियो। त्यस क्रममा रोस्टन चेसले अर्धशतक बनाए। उनले ४२ बलमा ३ चौका र २ छक्का हाने।

केल मायर्सले ३४ बलमा ३५ रन बनाए। शाई होप शून्यमा आउट हुँदा निकोलस पुरन र कप्तान रोभमन पवेल एक रनमा आउट भए।

बलिङतर्फ तबरेज शम्सीले ३ विकेट लिए। मार्को जनसेन, एडेन मक्रम, केशव महाराज र कगिसो राबाडाले एक विकेट लिए।वेस्ट इण्डिजविरूद्ध जित निकाल्दै दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। इंग्ल्याण्ड समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गर्दा सोही समूहका वेस्ट इण्डिज र अमेरिका बाहिरिएको छ।

सेमिफाइनमा पुग्ने थप दुई टिमको टुंगो लाग्न बाँकी छ। समूह एबाट भारत र अस्ट्रेलिया तथा वंगलादेश र अफगानिस्तानबीच खेल हुन बाँकी छ।

भारत र अस्ट्रेलिया आज खेल्दैछन्। वंगलादेश र अफगानिस्तानबीचको खेल भोलि हुनेछ। सेमिफाइनल खेल बिहीबारदेखि सुरू हुनेछ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार