चीनका उपविदेशमन्त्री आज नेपाल आउने

काठमाडौँ : चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदै छन् ।

भोलिदेखि काठमाडौँमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

Dengue

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनहुन्छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् ।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

नेपालका रहँदा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री सुन बुधबार स्वदेश फर्कनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार