१२ वर्षीय नाबालिगले गरे ७२ वर्षीय पुरुषसँग बिहे, बालिकालाई पाँच लाखमा बेचे ठहर

काठमाडौं :  पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक बाबुले आफ्नी १२ वर्षीया छोरीको विवाह ७२ वर्षीय पुरुषसँग गर्ने प्रयास गरेका छन् । पाकिस्तानी मिडिया इरी न्युजका अनुसार प्रहरीले समयमै उनीहरुको घर पुगेर विवाह रोकेर बेहुलालाई पक्राउ गरेको थियो ।

बालिकाका बुबा आलम सैयदले आफ्नी छोरीलाई ७२ वर्षीय हबिब खानलाई पाँच लाख पाकिस्तानी रुपैयाँमा बेचेको प्रहरीले जनाएको छ । त्यसपछि दुवैले विवाह गर्ने निर्णय गरेका थिए ।

Dengue

घटनाको जानकारी पाएलगत्तै प्रहरी बालिकाको घरमा पुगेको थियो । उनीहरुले बेहुला हबिब र निकाह ख्वान (विवाह गराउने व्यक्ति)लाई पक्राउ गरेको हो । तर, बालिकाका बाबु त्यहाँबाट भागेका थिए ।

फरार बाबुको खोजी

प्रहरीले पक्राउ परेका अभियुक्त र बाबुविरुद्ध बालविवाह ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । बालिकाका बाबुको खोजी भइरहेको छ । पाकिस्तानमा नाबालिग बालिकाको विवाहविरुद्धको कानून भए पनि देशमा यस्ता घटनाहरु बाहिर आउने क्रम जारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार