जाजरकोटमा प्रभु बैंकको ३०७औँ शाखा सञ्चालन 

भक्तराज जोशी

काठमाडौँ । प्रभु बैंकले जाजरकोटको खलंगा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जिल्लाको भेरी नगरपालिका वडा नम्बर ४ स्थित खलंगा बजारमा आफ्नो ३०७औँ शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले व्यवसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै सेवा विस्तार गरेको बैंकको खलंगा शाखाका शाखा प्रबन्धक खेमराज भट्टले बताएका छन् । 

Dengue

जाजरकोट जिल्लामा बैंकको शाखा सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज हुने अपेक्षा गरिएको शाखा प्रबन्धक भट्टले बताएका छन् । ‘हाम्रो उद्देश्य बैंकिङ सेवाबाट बञ्चित नागरिकलाई बैंकिङ सेवासँग जोड्नु हो ।’, उनले भने, ‘यहाँ शाखा सञ्चालनमा आएसँगै नागरिकलाई बैंकिङ कारोबारमा थप सहज हुने अपेक्षा गरेका छौँ ।’

बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार