सुदुरपश्चिमका दीपेन्द्र अहिलेसम्मकै उच्च वरियतामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरियतामा छलाङ मारेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको टी-२० आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्रले तीन स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् ।

Dengue

दीपेन्द्रले भारतका हार्दिक पान्ड्या, दक्षिण अफ्रिकाका कप्तान एडेन मारकमलाई पछि पारेका छन् । टी-२० आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् ।

दीपेन्द्रले बलिङ तर्फ २७ स्थान सुधार गर्दै ९६ औंं स्थानमा रहँदा ब्याटिङ तर्फ भने पाँच स्थान सुधार गर्दै ४६ औं स्थानमा उक्लिएका छन् । बलिङ तर्फ नै तिव्र गतिका बलर सोमपाल कामी आठ स्थान सुधार गर्दै ९१ औं स्थानमा रहेका छन् ।

ब्याटिङमा छ स्थान तल खस्किएर ६१ औं स्थानमा रहँदा आसिफ शेख २० स्थान माथि उक्लिएर ६९ औं स्थानमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार