धनगढीमा भुमिगत पानीको स्रोत कम हुँदै

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा केहि वर्ष यता भुमिगत पानीको स्रोत कम हुँदै गएको छ ।पानीको स्रोत कम हुन थालेपछि उपमहानगरपालिकाले भूमिगत पानी प्रणाली जोगाउन ‘रिचार्ज’ अर्थात् पुनर्भरण नीति अवलम्बन गरेको हो ।

तराईका जिल्लाहरूमा गर्मीको समयमा पानी आपूर्तिमा समस्या हुने गरेको छ । पानीको अत्यधिक दोहन, लामो खडेरी, पक्की सडक तथा भवन, खोलानाला तथा तालतलैया अतिक्रमण आदि कारणले भूमिगत पानीको स्रोतमा कमी आइरहेको छ । पानीको स्रोत कम हुँदै गएपछि डिप बोरिङ, स्यालो ट्युबेल, र हेण्डपम्पमा पानीको मात्रा समेत घट्दै गएको छ ।

Dengue

कुनै वेला ३० देखि ४० फिट तल जमिनमा पानीको स्रोत सजिलै भेटिने गरेको थियो । तर केही वर्ष यता २ सय फिट तल पनि पानीको स्रोत भेटिन समस्या हुने गरेको छ ।

पानीको स्रोत सुक्न थालेपछि धनगढी उपमहानगरपालिकाले पानी पुनर्भरण अभियान सुरु गरेको छ । उपमहानगरपालिकाले खोलानाला तथा तालतलैयाको अतिक्रमण हटाउने, बृक्षारोपण बढाउने, घर बनाउँदा सोकपिट (पानी सोस्ने खाल्डो) अनिवार्य बनाउनुपने लगायतका काम अघि बढाएको छ ।

उपमहानगरपालिकाले नगरभित्र रहेका प्राकृतिक ताल र खोलानालाहरूको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने अभियान पनि अघि बढाइसकेको छ । नगरक्षेत्रभित्र ८३ वटा प्राकृतिक ताल रहेका छन् । ती मध्ये अधिकांस ताल अतिक्रमणमा परेको उपमहानगरपालिकाले दावी गर्दै आएको छ । पानीको पुनर्भरण हुने तालतलैयाहरू अतिक्रमणमा परेपछि जमिनमुनि पानीको स्रोत कम भइरहेको छ ।

त्यस्तै, सामुदायिक वनभित्र कम्तिमा एउटा पोखरी बनाउन सामुदायिक वनहरूलाई पत्राचार गरिएको छ । धनगढका नगर प्रमख गोपाल हमालले पानीको पुनर्भरणसँगै वनमा आगलागी निभाउन र वन्यजन्तुका लागि पनि सहज हुने भएकोले एक सामुदायिक वन एक पोखरीको अवधारणा ल्याइएको बताए ।

त्यस्तै, घर निर्माण प्रमाणपत्र लिनुपूर्व छत र घरको भान्सा तथा बाथरुमबाट निस्कने पानीको लागि सोकपिट बनाउनुर्ने नियम बनाइएको छ ।

नगर प्रमुख हमालले आर्टीजन बोरिङ गाडेर पानी खुला छोड्ने, बृक्षारोपण गरिएका रुखहरूको संरक्षण नगर्ने, घर बनाउँदा जमिनमुनि रिचार्जको ब्यवस्थापन नगर्दा भूमिगत पानीको स्रोत कम भइरहेको बताए । उनले भने– ‘भूमिगत पानीको स्रोत बचाउन पानीको पुनर्भरणलाई नीति तथा कार्यक्रममा समावेश गरेका छौ । समयमै पुनर्भरणमा ध्यान नदिने हो भने आगामी आठ–दश वर्षपछि पानीको हाहाकार हुनेछ ।’

धनगढीस्थित जलस्रोत तथा सिँचाइ विकास कार्यालयको एक अध्ययनले धनगढी क्षेत्रमा १० वर्षको अवधिमा भूमिगत पानीको सतह करिब दुई मिटर घटेको अनुमान गरेको छ । करिब १० वर्षको तथ्यांक र अन्य आधारमा वार्षिक औसत २० सेन्टिमिटर पानीको स्रोत घटिरहेको जलस्रोत तथा सिँचाइ विकास कार्यालय कैलाली प्रमुख श्रवण खनालले जानकारी दिए ।

उनले भूमिगत पानी अत्यधिक मात्रामा तान्ने बढ्दो प्रवृत्ति, विकासका क्रममा बनेका कंक्रिट भवन, कालोपत्रे सडक, चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको अत्यधिक दोहन, वन फडानी, कम वर्षा र प्राकुतिक तालको अतिक्रमणले पानीको पुनर्भरण हुन नपाएर तराई क्षेत्रमा पानीको सतह घट्दै गएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार