यमन बिरुद्ध जितको नजिक पुगेर नेपाल अन्तिममा बराबरीमा रोकियो

काठमाडौँ : फिफा विश्वकप २०२६ अन्तर्गत छनोट दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ। जितको नजिक पुगेको नेपाली टोली अन्तिममा रक्षा पंक्ति फितलो हुँदा गोल व्यहोरेसँगै बराबरीमा रोकिन पुग्यो ।

मंगलबार राति प्रिन्स महम्मद बिन फहाद स्टेडियममा भएको खेलमा अतिरिक्त समयमा यमनले गोल फर्काएपछि नेपालले बराबरीमा चित्त बुझाएको हो।

Dengue

खेल सुरु भएको नवौँ मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै यमनले १–० को अग्रता लिएको थियो। यमनका एन अल गाहवाशीले गोल गर्दै अग्रता दिलाए पनि २२औँ मिनेटमा सञ्जीव विष्टले नेपाललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि दोस्रो हाफमा ६६औँ मिनेटमा जिलेस्पीजंग कार्कीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए। तर ९१औँ मिनेटमा यमनका एम अल दाहीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

योसँगै ग्रुप एचमा रहेको नेपाल अन्तिम खेलमा १ अंक जोडेर अन्तिम स्थानमा रहँदा यमन ५ अंकसहित तेस्रो स्थानमा रहन पुग्यो। पहिलो स्थानमा रहेको यूएईले ६ खेलबाट १६ अंक जोड्दा समान खेल खेलेको बहरेन ११ अंकसहित ग्रुपको दोस्रो स्थानमा रहन पुग्यो।

यसअघि नेपाल यूएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो। बहराईनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार