मोदीको कीर्तिमानी तेस्रो कार्यकालका लागि शपथ लिँदै

काठमाडौं । भारतीय जनता पार्टीका नेता (भाजपा)का नरेन्द्र मोदीले आइतबार कीर्तिमानी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको शपथ लिँदैै छन् । १८औं लोकसभाको शपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् । यसअघि नै प्रधानमन्त्री दाहालले पीएम मोदीलाई फोनमार्फत बधाईज्ञापन गरिसकेका छन् । उनले नेपाल भारत सम्बन्धलाई अझ मजबुद बनाउने दिशामा भारतको नयाँ सरकारसँग मिलेर आफू काम गर्न उत्सुक रहेको बताएका थिए ।

भारतको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री दाहाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, छोरी गंगा दाहाललगायत उच्च तहका कर्मचारी सहभागी हुने नेपालका परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आइतबार बिहान प्रधानमन्त्री भारत भ्रमणमा जानेछन् भने सोमबार नेपाल फर्कने कार्यक्रम छ । भारतीय प्रधानमन्त्रीको शपथग्रहणपछि मोदीसँग प्रधानमन्त्री दाहालको दुई पक्षीय वार्तासमेत हुने सम्भावना रहेको छ ।

Dengue

समारोह स्थानीय समयअनुसार आइतबार साँझ ६ बजे हुनेछ । सो समारोहमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे, भुटानका प्रधानमन्त्री सेरिंग टोबगे, सेसेल्सका उपराष्ट्रपति अहमद अफिफ, मोरिससका प्रधानमन्त्री प्रविन्द्र जगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई निमन्त्रणा गरिएको भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार नै शपथग्रहण समारोहका लागि भारत पुगिसकेकी छन् । उनी सो समारोहका लागि भारत पुग्ने पहिलो विदेशी अतिथि हुन् ।

सबै देशका नेताहरूले निमन्त्रणा स्वीकार गरेको उल्लेख छ । भारत सरकारले छिमेकी देश पाकिस्तान, चीन र म्यानमारलाई भने निमन्त्रणा दिएको छैन । शपथग्रहण समारोहमा सहभागी हुने विदेशी नेतालाई राष्ट्रपति द्रौपदी मुर्मु भवनमा रात्रिभोज दिइनेछ । भारतको नेबरहुड पोलिस र सागर भिजनका आधारमा छिमेकी देशका प्रमुखलाई बोलाइएको हो । यसबाहेक सो सामारोहका लागि ८ हजार बढी अतिथि सहभागी हुने उल्लेख गरिएको छ ।

गत मंगलबार बीजेपी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले २ सय ९३ सिटका साथ आमचुनाव जितेको थियो । परिणाम अप्रत्यासित रह्यो । एक्जिट पोलहरूले गरेको भविष्यवाणीविपरीत बीजेपीले स्पष्ट बहुमत हासिल गर्न सकेन । शुक्रबार एनडीए नेताहरूले सर्वसम्मतिले मोदीलाई गठबन्धको नेता र उनीहरूको प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समर्थन गरे । भाजपाले चुनावमा २ सय ४० सिट जितेको छ । भारतको ५ सय ४३ सदस्यीय संसदमा बहुमत प्राप्त गर्न २ सय ७२ आवश्यक पर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार