म पनि सहकारी पीडित हुँ, सहकारी खोल्ने पार्टीका साथीहरूले जति अरूले सताएका छैनन्ः प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि सहकारी पीडित रहेको बताएका छन्।सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारी खोलेर बसेका आफ्नै पार्टीका कार्यकर्ताले हैरान पारेको बताए।

‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । उनले भने, किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन्।’उनले सहकारीमा देखिएको समस्या समस्या समाधानका लागि सहकारी प्राधिकरण स्थापना गर्ने तयारी भइरहेको बताए।

Dengue

‘बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ।’ उनले भने, ‘प्राधिकरणभन्दा बाहिर गएर अहिले विद्यमान संरचना भित्रबाट संभव छैन भन्ने लाग्छ।’ सहकारीलाई मूलभुत सिद्धान्तभन्दा बाहिर गएर पुँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई भ्रमित र शोषण गर्ने माध्यमजस्तो बनाएकाले विकृति आउनु स्वभाविक रहेको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार