राहुल गान्धीलाई विशेष अदालतले दियो जमानत

नयाँ दिल्ली : भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई मानहानीविरुद्धको मुद्दामा जमानत मिलेको छ । सोसम्बन्धी मुद्दा भारतीय जनता पार्टी (भाजपा)को स्थानीय इकाइले दर्ता गराएको थियो ।

उनी शुक्रबार बिहान दिल्लीबाट कर्णाटक गएर स्थानीय विशेष अदालतमा उपस्थित भएका थिए । अघिल्लो वर्ष कर्णाटकको विधानसभा निर्वाचनका क्रममा सो राज्यको तत्कालीन भाजपा सरकारले व्यापक भ्रष्टाचार गरेको आरोप राहुलले लगाएका थिए ।

Dengue

कांग्रेस पार्टीले यस विषयलाई लिएर ठूलो विज्ञापन पत्रपत्रिकामा पनि छपाएको थियो । त्यसपछि कर्णाटकस्थित भाजपा नेतृत्वले राहुल, सिद्धारमैया र डीके शिवकुमारविरुद्ध मानहानीको मुद्दा दर्ता गराएको थियो ।

विशेष अदालतले सो मामिलामा अहिले राज्यका मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारलाई जुन १ तारेखमा जमानत दिइसकेको छ । अहिले कर्णाटकमा कांग्रेसकै सरकार रहेको छ । बीबीसी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार