मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भारत जाने भएका छन् । 

मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् । 

Dengue

 मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारी छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेकाले उनी शनिबार नै भारत जाने बालुवाटार स्रोतको भनाइ छ । 

मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।

त्यसैको निरन्तरताका लागि प्रचण्ड भारत जान लागेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार