ट्रकले ठक्कर दिएका कमल धनगढीको निर्सगमा अस्ताए,स्थानीयहरू आन्दोलित ,राजमार्ग अवरुद्ध

  कैलाली : कैलालीमा मध्यरातमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको  घोडाघोडी नगरपालिका–४ भालुफाँटा स्थित पूर्व–पश्चिम राजमार्गमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको हो ।

ट्रक र मोटरसाइकल मङ्गलवार राति करिब ११ः५५ बजेको समयमा एक आपसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका  तिरुवाको राति नै उपचारको क्रममा धनगढीमा स्थित निर्सग अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

Dengue

अहिले स्थानीयहरूले आन्दोलन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन् । उक्त सडक सुचारु गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए । उक्त दुर्घटनाहरू भन्दा अघिल्लो रात पनि सोही ठाउँ नजिकै स्थानीय नरबहादुर धामीको दुर्घटनामा पनि मृत्यु भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार