टि २० विश्वकप क्रिकेट : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं : अमेरिकाको डालसमा ब्याटिङ नचल्दा नेपालले आईसीसी टि २० विश्वकप क्रिकेटको पहिलो खेलमा खराब नतिजा व्यहोरेको छ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयो। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

Dengue

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट १ रनमै आउट भए पनि अन्य ब्याटरले सम्हालिएर प्रदर्शन गरे। लेभिटलाई दोस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीले दीपेन्द्रको हातबाट क्याचआउट गरेका थिए।

नेदरल्याण्ड्ले ४३ रन जोड्दा दोस्रो विकेट गुमायो। दीपेन्द्रले भिक्रमजित सिंहलाई २२ रन जोडेको अवस्थामा एलबीडब्ल्यु धरापमा पारे।

१४ रन बनाउँदा सिब्राण्ड इन्जेलब्रिचटलाई सोमपालले नै आफ्नै बलमा रनआउट गराए। कप्तान स्कट एडवर्ड्सलाई अभिनास बोहराले ५ रनमा बोल्ड आउट गरे।

कप्तान म्याक्स ओ दाउदले अर्धसतक पूरा गर्दै टोलीलाई सम्हाले।

१९ औं ओभरको पाँचौ बलमा करण केसीलाई गुमाएको नेपालले २० औं ओभरको पहिलो बलमा गुल्शन झा र दोस्रो बलमा अभिनास बोहरालाई गुमाउँदा सस्तैमा समेटिन पुग्यो।

नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ।

टस जितेर नेदरल्याण्डसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १०६ रन बनाएको हो।

नेपालले दोस्रो ओभरबाटै विकेट गुमाउन थालेको थियो। जुनक्रम लगातार चल्दा नेपालले सम्मानजनक स्कोर बनाउन सकेन।

नेपालका लागि दुवै ओपनरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आशिफ शेख ४ रनमा आउट हुँदा कुशल भुर्तेलले पनि ७ रन मात्रै जोड्न सके।

अनिल साह ११ रनमा आउट हुँदा कुशल मल्ल ९ रनमै पेबेलियन फर्किए।

दीपेन्द्र सिंह ऐरीले १ रन मात्रै जोड्दा सोमपाल कामीले रनको खाता नै खोल्न सकेनन्।

कप्तान रोहित पौडेलले सम्हालिँदै ३५ रनको योगदान गर्दा करण केसीले १७ र गुल्शन झाले १४ रनको योगदान गरे।

अभिनास शुन्य रनमा आउट हुँदा सागर ढकाल शून्य रनमै नटआउट रहे।

नेदरल्यान्ड्सका प्रिङगनल र भाव वीकले ३/३ विकेट हात पारे। डी लिड र मकेरेनले २/२ विकेट लिन सफल भए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार