काठमाडौं : सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन्। टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्।
बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।
आजको ऐतिहासिक खेललाई नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नेछ।
यी दुई टोलीले अहिले १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।
प्रतिक्रिया दिनुहोस्