विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौँ : अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दैछ ।

नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो ।

Dengue

नेपाल र नेदरल्यान्ड्सबीचको खेल डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

समूह डी मा यी दुई टोलीसँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यसअघि हिजो भएको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै अफ्रिकाले २ अंक जोडेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार