टी–२० विश्वकप : नामिबियाले सुपर ओभरमा ओमानलाई  हरायो

काठमाडौं : नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।  सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो ।

यसअघि सन् २०१२ मा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच टी–२० विश्वकपमा अन्तिम सुपर ओभर खेलिएको थियो । यो खेल वेस्ट इन्डिजले जितेको थियो।

Dengue

सोमबार बिहान भएको खेलमा नामिबिया र ओमान दुवैले १०९ रन बनाएका थिए

बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । जवाफमा नामिबियाले पनि २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो र खेल सुपर ओभरमा पुग्यो।

 सुपर ओभरमा डेविड विजी र कप्तान गेहार्ड इरास्मसले ब्याटिङ गरेका थिए।
 
सुपर ओभरमा नामिवियाले ६ बलमा २१ रन बनाएको थियो । जितको लागि २२ रन आवश्यक रहेको ओमानले १० रन दिएर एक विकेट मात्र लियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार