सलमान खानमाथि फेरि आक्रमणको षड्यन्त्र : मुम्बई प्रहरीको दाबी- चार पक्राउ

भारत : भारतको नयाँ मुम्बई प्रहरीले अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको दाबी गरेको छ । फेब्रुअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६-१७ जनाले पनवेलमा रेकी गरेको मुम्बई प्रहरीले जनाएको छ।

सलमान खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षड्यन्त्र रचिएको मुम्बई प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । 

Dengue

समाचारमा जनाइएअनुसार गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेका थिए ।

लरेन्स बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार