अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न बाइडेनको अनुमति

काठमाडौं : लामो समयको नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भू–भागलक्षित आक्रमण गर्न अधिकार दिएका छन् । 

रूसी सेनाले सीमानजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहरमा आक्रमण बढाएपछि बढ्दो तनावबीच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए । 

Dengue

“राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किभमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,” एक अमेरिकी अधिकारीले बताए । 

यो नीति अनुमति दिइएको क्षेत्र खार्किभमा कडाइका साथ सीमित रहेको अधिकारीले बताए । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् । 

हालैका हप्ताहरूमा बढिरहेको रूसी सेनाको प्रतिक्रियामा किएभले यो नीति परिवर्तनको लागि अनुरोध गरेको अधिकारीले पुष्टि गरेका छन् । युक्रेनी सेनाहरूलाई अब खार्किभबाट सीमापार रूसी सैन्य प्रतिष्ठान, गोला बारुद भण्डारण क्षेत्र र रसद केन्द्रहरूलाई लक्षित गर्ने अधिकार दिइएको छ ।

नीतिमा आएको परिवर्तनप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत युरोपेली नेताहरूले समर्थन जनाएका छन् । म्याक्रोँले युक्रेनी क्षेत्रमा खतरा उत्पन्न गर्ने रुसभित्रका सैन्य स्थलहरूलाई युक्रेनले निष्क्रिय पार्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । “हामीलाई लाग्छ कि युक्रेनमा आक्रमण गर्ने रूसी सैन्य स्थलहरूलाई निष्क्रिय पार्ने अनुमति दिनुपर्छ,” म्याक्रोँले भने ।

चान्सलर स्कोल्जले म्याक्रोँको भावनालाई प्रतिध्वनित गर्दै युक्रेनलाई अन्तर्राष्ट्रिय कानुनअनुसार र हतियार आपूर्ति गर्ने देशहरूले तय गरेको मापदण्डभित्र रही आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए । रासस/एएनआई

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार