तीर्थयात्री बोकेको बस दुर्घटनामा पर्दा कश्मीरमा २२ जनाको मृत्यु, ५७ घाइते

काठमाडौं : भारतको जम्मुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । अन्य ५७ जना घाइते भएका छन् । तीर्थयात्री सवार बस जम्मुको चोकीचोरा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट १ सय ५० फिट तल खसेको छ ।

Dengue

द हिन्दुका अनुसार उत्तर प्रदेशका र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा सवार थिए ।

उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै थिए । घाइतेहरुको जम्मुको अखनुर अस्पताल र सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केन्द्रीय सरकारले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार