ट्रम्पले निर्वाचनमा जिते एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्ने

काठमाडौँ : अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।  पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटकको निर्वाचनमा आफूले जिते खर्बपति व्यापारी एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्ने खबर बाहिर आएको छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको खबरका अनुसार यसबारे मस्क र ट्रम्पबिच छलफल पनि भइसकेको छ । यसअघि मस्कले बनाइडेनलाई समर्थन गर्ने अनुमान गरिएको थियो । तर मस्कले जो बनाइडेलाई समर्थन गरेका छैनन् । अमेरिकाका शक्तिशाली उद्योगपतिहरूलाई जो बाइडेलाई समर्थन नगर्न कसरी फकाउने भनेर पनि ट्रम्पसँगको कुराकानीमा मस्कले भनेको समाचारमा उल्लेख छ । चुनावी अभियानमा मस्कले बाइडेन वा ट्रम्प कसैलाई पनि दान दिएका छैनन् । पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थन गरिरहेका छन् ।

Dengue

मस्कले आप्रवासन, विद्युतीय सवारी साधन र शुल्क लगायत विषयमा बाइडेनको खुलेर आलोचना गरिरहेका छन् । पछिल्लो समय मस्क र ट्रम्पबिच बारम्बार भेटघाट वा फोन वार्ता भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार