अछामको मङ्गलसेनले अनुदानमा वितरण गर्दै विद्युतिय चुल्हो 

अछाम : अछामको मङ्गलसेन नगरपालिकाले विद्यूतिय चुल्हो वितरण गर्ने भएको छ । नगरबासीहरुको सहजताका लागि नगरपालिकाले विद्यूतको पहुँच भएका स्थानमा अनुदानमा विद्युतिय चुल्हो वितरण गर्ने भएको हो ।

नगरबासीहरुसँगको लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ ।

Dengue

नगरबासीहरुलाई लागत साझेदारीमा इन्डक्सन चुलो, इन्डक्सन प्रेसरकुकर र इन्डक्सन कराही वितरण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिए ।

उनका अनुसार ८ हजार ५०० लागत रहेको उक्त सामग्रीमा सम्बन्धित व्यक्तिले ४ हजार ५०० मात्र नगरपालिकालाई राजस्व बुझाउनुपर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार