सुनको भाउ घट्यो

काठमाडौं : सुनको भाउ बुधबार तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो १२ सय रुपैयाँले घटेको थियो । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ ।

यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता १३ सय रुपैयाँले घटेको छ । आज चाँदीको भाउ भने बढेको छ ।

Dengue

हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार