बबई नदीले लियो दाजुभाइको ज्यान

दाङ : बबई नदीमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको छ। मंगलबार बबई गाउँपालिका-७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको हो।

दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा-आमासङ्गै आएको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ वर्षका दिपक परियारलाई उद्धार गरेर अस्पताल पठाएइको थियो। उपचारका क्रममा तुलसीपुरमा उनको मृत्यु भएको हो। यस्तै १६ वर्षका दिपेश परियारको बबई नदीबाट शव निकालेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

SHIKHAR COOL TECH

मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ। शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार