वेष्ट इण्डिज ‘ए’सँग आज नेपालको दोस्रो खेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार वेष्ट इण्डिज ‘ए’ सँग  मैत्रिपूर्ण टी-२० को दोस्रो खेल खेल्दैछ। 

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु हुनेछ। यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो। 

Dengue

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज भने टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

यसअघि नेपाल र वेस्ट इन्डिजले एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार