इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ : इरान

एजेन्सी : इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

सिरियामा रहेको इरानी वाणिज्य दूतावास विरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायल विरुद्ध हालै गरेको ठूलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उनले राजधानी तेहरानमा सो टिप्पणी गरेका हुन् ।

Dengue

कनानीले इरानको कूटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताए । उनले तेहरानले आफ्नो प्रतिशोधात्मक अपरेसन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार