आईपीएल २०२४ : पञ्जावलाई हराएपछि गुजरातको स्थितिमा सुधार

मुलानपुर : गुजरात टाइटन्सले आईपीएल २०२४ मा आइतबार पञ्जाव किंग्सलाई तीन विकेटले पराजित गरेको छ । यो जितपछि अंक तालिकामा गुजरातको स्थितिमा सुधार आएको छ र उसको आठ अंक भएको छ ।

गुजरात छैटौं स्थानमा छ । पञ्जाव भने चारै अंकमा सीमित छ र नवौं स्थानमा छ । जितका लागि १ सय ४३ रनको लक्ष्य पाएको गुजरातले १९.१ ओभरमा सात विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

Dengue

त्यस अगाडि ब्याटबाट कमजोर प्रदर्शन गरेको पञ्जावले २० ओभरमा अलआउट हुन अगाडि १ सय ४२ रन मात्र बनाउन सक्यो । गुजरातका बलर साइ किशोरले ३३ रनमा चार विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार