एसीसी प्रिमियर कपको उपाधि यूएईलाई

काठमाडौं :  कप्तान मोहम्मद वासिमको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा ओमानलाई ५५ रनले पराजित गर्दै यूएईले उपाधि जितेको हो।

योसँगै समूह चरणमा भोगेको ९ विकेटको हारको बदला लिँदै यूएईले एसीसी एशिया कपमा स्थान बनाएको छ। यूएईले दिएको २०५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो।

Dengue

ओमानका प्रतिक आठवलेले सर्वाधिक ४९ रन बनाए। ३० बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। खालिद कैल ३०, जिशान मक्सूद १४ र रफिउल्लाह ११ रनमा आउट हुँदा फैय्यज बट २३ रनमा अविजित रहे।

यूएईका जुनैद सिद्दिकीले सर्वाधिक ३ विकेट लिए। मोहम्मद फारुख र आयान अफजल खानले २/२ विकेट लिँदा बसिल हमिदको नाममा १ विकेट रह्यो।

त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १)मा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो।

यूएईका कप्तान वसिमले सर्वाधिक १०० रन बनाएश्र ५६ बल खेलेका उनले ६ चौका र ७ छक्का प्रहार गरे। अलिशान शराफु ३४ र विष्णु सुकुमारन १८ रनमा आउट हुँदा आशिफ खान ३८ रनमा अविजित रहे।

ओमानका बिलाल खानले सर्वाधिक २ विकेट लिए। शकील अहमद र जिशान मक्शूदको नाममा १/१ विकेट रह्यो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार