पुनः सञ्चालनमा आयो झुलाघाट नाका

 बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ। भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको  सीमानाका पुनः सञ्चालनमा आएको  बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

अप्रिल १९ तारिक (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन भएको थियो। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिदा सम्मका लागि झुलाघाट नाका  बन्द  गरिएको हो।

Dengue

उक्त अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द भएको थियो। सुरक्षा सम्वेदनशिलताको कारण नाका बन्द भएको हो।  

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको थियो। कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियम अनुसार नै सीमा बन्द गरिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार